बैतडीको मेलौली नगरपालिकामा आज शोक विदा

बैतडी । मेलौलीमा आज शोक विदा दिईएको छ। मेलौली नगरपालिका-०८ का कार्यालय सहयोगि लक्ष्मण सिह बिष्टको निधनमा नगरपालिकाले पालिकाभरी शोक विदा दिएको छ।

नगर प्रमुख स्तरीय निणर्य अनुसार आईतबार नगरपालिका, नगर कार्यपालिकाको कार्यालय, सम्पूर्ण वडा कार्यालय, पालिकाभरीका शिक्षण संस्था, स्वास्थ्य संस्था लगायत सार्वजनीक कार्यालयहरुमा एकदिने शोक विदा दिएको जनाईएको छ। बिगत लामो समयदेखी कार्यालय सहयोगि पदमा कार्यरत बिष्टको उपचारका लागि धनगढी जाने क्रममा शुक्रबार बिहान मृत्यु भएको थियो।

बिष्टको मेलौली नगरपालिका-०८ को हरडा खान धर्मशालाको उकालो बाटोमा मृत्यु भएको थियो। प्रेसर र सुगरका बिरामी बिष्ट घोप्टो परेको अवस्थामा मृत भेटिएका थिए।

Leave A Reply

Your email address will not be published.