बैतडीमा आज विद्युत सेवा अवरुद्ध

बैतडीमा आज १० घण्टा विद्युत सेवा अवरुद्ध भएको छ। नेपाल विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रले एक सूचना जारी गरेर आज विहान ७ बजे देखि साँझ ५ बजेसम्म १० घण्टा विद्युत सेवा अवरुद्ध हुने जनाएको हो।

गोठलापानी सव स्टेसनमा ११ केभि प्यानेललाइ नयाँ प्यानेलबाट परिवर्तन तथा सुधारको कार्य भैरहेकोले विद्युत सेवा अवरुद्ध भएको बताइएको छ। जारी कार्य चाँडै सम्पन्न भए तोकिएको समय भन्दा अगाडीनै विद्युत सेवा सुचारु हुने समेत सूचनामा उल्लेख गरिएको छ।

पाटन नगरपालि बजार भित्र भने सुर्नयागाड जल विद्युत आयोजनाले बिद्युत प्रवाह गर्ने छ।

Leave A Reply

Your email address will not be published.