बैतडी । केदार आधारभुत बिद्यालयले ६३ औँ बार्षिकोत्सव कार्यक्रम मनाएको छ। पञ्चेश्वर गाउँपालिका–०४ लाडागाउँ स्थित सो विद्यालयको मंगलबार ६३ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ मनाएको छ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष गजेन्द्र दमाईको अध्यक्षता र पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष बिना भट्टको प्रमुख अतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको थियो। यसैगरी कार्यक्रममा पञ्चेश्वर गाउँपालिकाका–०४ का वडा अध्यक्ष जनक बहादुर चन्द, वडा सदस्य मनीदत्त भट्ट र पञ्चेश्वर गाउँपालिका गाउकार्यपालिका सदस्य मोहन राम ओड् बिशिष्ट अतिथि रहेका थिए।
कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका काम–काजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक हिरा राम ओड्ले ५३ लाँख ३० हजार ३३८ रुपैया बराबरको प्रतिबेदन प्रस्तुत गरेका थिए। कार्यक्रममा खेलकुद तथा शैक्षिक प्रतियोगिता र कक्षामा उत्कृष्ठ हुने विद्यार्थीहरुलाई पुरस्कृकार वितरण गरिएको थियो।
कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथि एवं पञ्चेश्वर गाउँपालिकाका उपाध्यक्ष भट्टले बिद्यालयको सम्रग विकासका लागि पालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताए। यसैगरी पञ्चेश्वर गाउँपालिका–०४ का वडा अध्यक्ष चन्दले बिद्यालयको घेर पर्खाल निमार्ण गर्नका लागि पालिका लगायत बिभिन्न निकायसगं पहल गर्ने बताए।
कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएका बिद्यालय मा कार्यरत शिक्षक बिरेन्द्र भट्ट ले बताउनुभयो ।
साथै कार्यक्रममा करिब तीन दशक भन्दा बढि शिक्षक र एक दशक भन्दा बढी प्रधानाध्यापकको भुमिका निभाएका पञ्चेश्वर गाउँपालिका चार मल्लागाउका कमलापति तिवारि, करिब २२ बर्ष भन्दा बढि कार्यालय सहयोगिका रुपमा कार्यक्रम रहेका स्वर्गीय नरि दत्त भट्ट, पाच बर्ष भन्दा शिक्षकको रुपमा काम गरेका माहादेब तिवारीलाई सम्मान गरिएको बिद्यालयका प्रधानाध्यापक हिराराम ओड्ले बताए।