उदय मावि कफाडीको ४८ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

बैतडी । उदय माध्यमिक विद्यालय कफाडीले ४८ औं वार्षिकोत्सब कार्यक्रम सम्पन्न गरेको छ। शिवनाथ गाउँपालिका-०५ स्थित सो बिद्यालयले मंगलबार ४८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको बिद्यालयले जनाएको छ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष भकत बहादुर चन्दको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष सकुन्तला साउदको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। यसैगरी कार्यक्रमका वडा न ५ का वडा अध्यक्ष केशव चन्द, ५ का निवर्तमान वडा अध्यक्ष महेन्द्र बहादुर चन्द विशिष्ट अतिथी रहनु भएको थियो।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका गरेका काम-काजहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक धनबिर सिह धनाडीले प्रतिबेदन प्रस्तुत गरेका थिए।

कार्यक्रममा बिभिन्न राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, शिक्षकहरु र स्थानीयहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रममा बिभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो।।

Leave A Reply

Your email address will not be published.