बैतडी: १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। प्रतियोगिताको दोस्रो दिन भएको खेलमा छात्रा अन्तर्गत सुर्नयालाई हराउदै शिबनाथ भलिबलको सेमिफाईनलमा प्रबेश गरेको छ।
शिबनाथ र सुर्नया बिचको खेलमा पहिलो सेट शिबनाथले १/२५ र दोस्रो सेट १२/२५ जित्दै सेमिफाईनलको यात्रा तय गरेको हो। भोली शिबनाथले पुर्चौडी नगरपालिका सगं खेल्ने शिबनाथ पालिका भलिबल प्रशिक्षक धिरज चन्दले बताए।
यसैगरी शिबनाथको छात्रा लङजम्प अन्तर्गत सबिता साउदले तृतीय स्थान हासिल गरेको पालिका भलिबल प्रशिक्षक चन्दले बताए। छात्र सटपुटमा शिबनाथका लोकेन्द्र चन्दले द्धित्तीय स्थान र १०० मिटर दौडको छात्रा अन्तर्गत अञ्जु साउदले तृतीय स्थान हासिल गरेको उनले बताए।