बैतडी : शुक्रबारदेखी शुरु भएको १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मेलौलीमा जारी छ। प्रतियोगिताको दोस्रो दिन भएको खेलमा छात्रा अन्तर्गत डिलाशैनीलाई २/१ ले हराउदै पञ्चेश्वर भलिबलको सेमिफाईनलमा प्रबेश गरेको छ।
पञ्चेश्वर र डिलाशैनी बिचको खेलमा पहिलो सेट डिलाशैनीले जितेको थियो भने दोस्रो र तेस्रो सेट पञ्चेश्वरले जित्दै सेमिफाईनलको यात्रा तय गरेको हो। भोली पञ्चेश्वरले मेलौलीसगं खेल्ने पञ्चेश्वरका पालिका प्रशिक्षक रोशन बहादुर चन्दले बताए।