बैतडीको खोड्पेमा जनचेतनामुलक सन्देश सहितको सडक गेट राखियो

बैतडीको पाटन नगरपालिका ८ मा रहेको सिद्द्दिप आधारभुत बिद्यालयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। समृद्द समाज जिम्मेवार नागरिक रुपान्तरण अभियान फोर्स नेपालको आयोजनामा सरोकारवाला बिच एक दिने अन्तरक्रिया कार्यक्रम सहित खोड्पेमा सन्देश सहितको सडक गेटको समुदघाटन गरिएको हो ।

अधिवक्ता गणेश सिंह बिष्टको आर्थिक सहयोगमा फोर्स नेपालले सन्देश सहितको सडक गेट निर्माण गरिएको हो। अधिवक्ता विष्टले स्वर्गिय बुवा गंगा सिंह बिष्टको स्मृतिमा सडक गेट निर्माणका लागि ६० हजार आर्थिक सहयोग गरेका हुन्। सडक गेट निर्माण गर्नु अपुग रकम १२ हजार ६ सय ५ रुपया संस्थाले व्यहोरेको संस्थाका कोषाध्यक्ष भरत बहादुर चन्दले बताएका छ्न।

सडक गेटको शनिवार उद्धघाटन समेत गरिएको फोर्स नेपालका अध्यक्ष प्रेम सिंह भाटले जानकारी दिए। सडक गेट उदघाटन कार्यक्रममा पाटन नगरपालिकाका नगरप्रमुख गौरी सिंह रावल प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथिमा वडा नम्बर ५ का वडाअध्यक्ष फुनि सिंह बोहरा, वडा नं। ८ का वडा अध्यक्ष हरि सिंह बिष्ट, वडा नं। ९ का वडा अध्यक्ष कालू सिंह भाट, वडा नं। १० का वडा अध्यक्ष धन बहादुर कुवर रहनुभएको थियो ।

खोड्पे बजार प्रवेश द्वारमा राखिएको उक्त सडक गेटमा बजार क्षेत्र नजिक पर्ने सार्वजनिक स्थानहरुका बारेमा जानकारी उल्लेख गरिएको भाटले बताए। सडक गेट निर्माणका लागि आर्थिक सहयोग प्रदान गर्ने अधिवक्ता विष्टलाई सम्मान समेत गरिएको उनले बताए। कार्यक्रममा बोल्दै नगरप्रमुख गौरीसिंह रावलले संस्थाका उद्देश्य राम्रा रहेका र सामुदायिक विकासका लागि पालिकबाट हुने सहयोग गर्न तयार रहेको समेत बताउनुभयो।

वडा नम्बर ८, ९ र १० का जनप्रतिनिधी, निवर्तमान वडा अध्यक्ष, खोड्पे बजारका व्यापारी, विभिन्न विद्यालयका अध्यक्ष, प्रधानाध्यपक, सामुदायिक वनका पदाधिकारी, टोल विकास संस्थाका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, नागरिक समाज, संचारकर्मी लगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.