जिल्लास्तरीय रनिङ शिल्डः छात्रा भलिवलमा शिबनाथको लगातार दोस्रो जित

बैतडी :  १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा शिबनाथले छात्रा भलिवलमा लगातार दोस्रो जित निकालेको छ। गत बर्षपनि जिल्लास्तरीय रनिङ शिल्डमा च्याम्पियन बनेको शिबनाथ यो बर्षपनि च्याम्पियन बनेको हो।

शिबनाथका सफल भलिवल प्रशिक्षक धिरज चन्द र प्राबिधिक सहायक रमेश चन्द र एथ्लेटिक्स प्रशिक्षक अशोक चन्दको नेतृत्वमा तयार पारिएको टिमले बिजय हासिल गरेको हो। सोमबार मेलौलीसगं भएको फाईनल खेलमा शिबनाथ छात्रा भलिवलमा बिजेता बनेको हो।

शिबनाथले यो बर्ष २ स्वर्ण, २ रजत २ कास्य गरि ६ पदक हात पारेको छ। आफ्नो कडा प्रशिक्षण र खेलाडिहरुको अहम मेहनतका साथ आफ्नो पालिकाले ६ पदक हात पारेको भलिवल प्रशिक्षक चन्दले बताए।

गत बर्षपनि पञ्चेश्वरसगं भएको फाईनल खेलमा शिबनाथ छात्रा भलिबलमा च्याम्पियन बनेको थियो।

Leave A Reply

Your email address will not be published.