बैतडी: दशरथचन्द नगरपालिकाका खेलाडीहरुले मेलौली मन्दिर सरसफाइ गरेका छन। १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्नसगैं दशरथचन्द नगरपालिकाका खेलाडीहरुले मेलौली मन्दिरमा परिसर सफाई गरेका हुन।
मेलौली भगवती मन्दिरको प्राङ्गणमा रनिङ शिल्ड सञ्चालनको अवधिभर भएको फोहरलाई सफाई गरेका हुन। साथै प्रतियोगिताकै अनुशासित टिमपनि दशरथचन्द नगरपालिका बनेको छ।
बजारमा बास बसेको बेला, आउदा जादा र शिल्ड अवधिभर खेल प्राङ्गणमा दशरथचन्द नगरपालिकाको टिम निकै अनुशासित देखिएको थियो।