बैतडी : मेलौलीमा संञ्चालित १४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सोमबार सम्पन्न भएको छ। माघ २६ गतेबाट मेलौलीको भगवती मन्दिर प्राङ्गणमा सञ्चालन भएको प्रतियोगिता माघ २९ गते सम्पन्न भएको हो।
प्रतियोगिता सम्पन्न गर्नमा भुमिका खेल्ने सबैलाई मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दले धन्यबाद ज्ञापन गरेका छन। कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्नमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने जिल्लाका सबै जनप्रतिनिधि, खेल प्रशिक्षक, शिक्षक, अभिभावक, कर्मचारी, पत्रकार, सुरक्षाकर्मी, ब्यापारी, स्वंयमसेबक तथा खेलप्रेमि सबैलाई धन्यबाद दिएका छन।
प्रतियोगितामा सहभागि भएका जिल्लाका सबै जनप्रतिनिधि, पालिका प्रमुख, उप–प्रमुख लगायत जिल्ला खेलकुद समितिलाई पालिकाको शोभा बढाउनु भएकोमा धन्यबाद दिएका छन। यसैगरी नगर प्रमुख चन्दले प्रतियोगितामा बिजयी भएका मेलौली नगरपालिका लगायत सबै बिजयी खेलाडिहरुलाई बधाई एवं शुभकामना ब्यक्त गरेका छन।
१४ औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले जितेको थियो। जिल्ला खेलकुद समितिको आयोजना र मेलौली नगरपालिकाको सह–आयोजनामा सञ्चालन भएको प्रतियोगिताको उपाधी मेलौली नगरपालिकाले हात पारेको हो।
मेलौली १४ स्वर्ण ७ रजत र ४ कास्य गरि २४ पदकका साथ च्याम्पियन भएको जिल्ला खेलकुद समितिका कार्यक्रम प्रमुख तर्कराज जोशीले बताए। यसैगरी ६ स्वर्ण ३ रजत र ६ कास्य गरि १५ पदकका साथ पुर्चौडी नगरपालिका उपबिजेत बनेको थियो। प्रतियोगिताको तृतीय दोगडाकेदार बनेको हो। ६ स्वर्ण ३ रजत ५ कास्य गरि १४ पदकका सात तृतीय भएको जिल्ला खेलकुद समिति अध्यक्ष चमन कुमार भण्डारीले बताए।
प्रतियोगितामा भलिवल, कवड्डी, एथ्लेटिक्स, कराते, लगायतका खेल भएका थिए।
