राससको वार्षिकोत्सब : बैतडीमा बिरामीलाई फलफूल र सरसफाइ कीट वितरण

बैतडी-राज्यको एकमात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति(रासस) को ६३ औं वार्षिकोत्सब बैतडीमा पनि मनाइएको छ।

वार्षिकोत्सबको अवसरमा सोमबार बिहान जिल्ला अस्पतालका बिरामीहरूलाई फलफूल र सरसफाइ कीट वितरण गरिएको राससका बैतडी प्रतिनिधि विनोद सिंह विष्टले जानकारी दिनुभयो।


कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख खगेन्द्रसिंह धामी,दशरथचन्द नगरपालिकाका प्रमुख पुस्करराज जोशी लख्खाभाई,प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्मा,विभिन्न कार्यालयका प्रमुख,सुरक्षा निकायका प्रमुखलगायतको उपस्थिति रहेको थियोे ।

राष्ट्रिय समाचार समिति(रासस) बैतडीको आयोजना र दशरथचन्द नगरपालिकाको सहयोगमा फलफूल र सरसफाइ कीट वितरण गरिएको हो।


वि स २०१८ सालमा स्थापना भएको रासस हाल दृश तथा विदेशमा सेवा दिइरहेकाे छ।

Leave A Reply

Your email address will not be published.