प्रजातन्त्र दिवस अवसरमा सम्मानित भए वडाका कर्मचारी

बैतडीःप्रजातन्त्र दिवसको अवसरमा वडाका कर्मचारीहरु सम्मानित भएका छन् । बैतडीको पाटन नगरपालिका वडा नं। ९ मा कार्यरत वडा सचिव रामदत्त जोशी, कार्यालय सहायक÷कम्प्युटर अपरेटर मदन सिंह भाट, मनोसामाजिक कार्यकर्ता लक्ष्मी बिष्ट भण्डारी र कार्यालय सहयोगी मथुरा साउँद महरालाई एक समारोहका बिच प्रजातन्त्र दिवसको अवसरमा सम्मानित भएकाहुन । वडा कार्यालयमा कार्यरत कर्मचारीहरुले सेवा ग्राहीहरु लाई सहज सेवा प्रदान गरेको, कार्य व्यवस्थापन उत्कृष्ट काम गरेको र आफुले पाएको जिम्मेवारी लाई राम्रो संग बहन गरेको हुदाँ वडा कार्यालयबाट सम्मान गरेको वडा अध्यक्ष कालु सिंह

भाटले बताउन भएको छ ।
२०७६ साल देखि वडा कार्यालयमा कार्यरत मदन सिंह भाटले आफ्नो कामको मूल्याकंन गरि पहिलो पटक वडा कार्यालयले सम्मानित गरेकोमा खुशि व्यक्त गर्दै थप जिम्मेवारी बढेको र अझै सेवाग्राहीलाई सहज सेवा प्रदान गर्नमा लाग्ने बताउन भएको छ । प्रजातन्त्र दिवसको अवसरमा वडा भित्रका सामुदायिक विद्यालयमा कार्यरत चार जना उत्कृष्ट शिक्षक र वडा कार्यालयमा कार्यरत चार जना कर्मचारीहरु लाई वडा कार्यालयको तर्फबाट माला टिका खादा र प्रमाणपत्र द्वारा सम्मान गरेको वडा कार्यालयले जनाएको छ ।

गाउँघरमा भईरहेका विभिन्न खाले हिंसाहरु न्यूनिकरणमा छलफल परामर्श गर्दै हिंसामा परेका व्यक्तिहरुको न्यायका लागि सहजिकरण गर्दै आईरहेकी मनोसामाजिक कार्यकर्ता पहिलो पटक सम्मानित हुन पाउँदा ज्यादै नै खुशी भएको र अझ सक्रिय भएर आफ्नो क्षेत्रमा लाग्ने लक्ष्मी बिष्ट भण्डारीले बताउन भएको छ । वडामा कार्यरत सबै जना अनुभवि, सक्षम, जिम्मेवार ,लगनशिल र कार्य दक्षतामा उत्कृष्ट भएकाले वडाका हरेक गतिविधी गर्नमा सहज भएको वडा सचिव रामदत्त जोशिले बताएका छन् ।

हरेक क्षेत्रमा कार्यरत रहेर उत्कृष्ट काम गर्ने व्यक्तिहरु लाई सम्मान गरि उहाँहरुको मनोवलमा थप उर्जा थपिने र आफ्नो कामप्रति अझ जिम्मेवारी बोधहुने जिल्ला समन्वय समितिका सदस्य प्रेम सिंह भाटले बताउन भएको छ । पाटन नगरपालिका ९ नं। वडा कार्यालयले हरेक क्षेत्रमा रचनात्मक कामहरु गर्दै आईरहेको हुदा यस्ता कामहरु अन्य वडाहरुले पनि थालनी गर्न पर्ने जानकारहरुले बताएका छन् ।

Leave A Reply

Your email address will not be published.