मेलौलीमा दादुरा,रुवेला खोप अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

बैतडी-बैतडीको मेलौली नगरपालिकामा जन प्रतिनिधिहरुका लागि दादुरा,रुवेला खोप अभियान सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।नगर प्रमुख भीम बहादुर चन्दको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत सपना कार्की र विभिन्न वडाका वडा अध्यक्ष स्वास्थ्य संस्था प्रमुख विद्यालयका प्रधानाध्यापकहरुको समेत उपस्थिति रहेको स्वास्थ्य शाखामा कार्यरत राज बहादुर चन्दले बताउनुभयो ।


दादुरा रुवेलाको बारेमा जानकारी, नगरपालिकामा खोपको अवस्था, दादुरा फैलन सक्ने सम्भावना लगायतका विषयमा जानकारी गराउनुभएको थियो ।

मेलौली नगरपालिकामा यहि पागुन १७ गते देखि २१ गते सम्म खोप अभियान संचालन हुने स्वास्थ्य शाखा प्रमुख नारायण बहादुर चन्दले जानकारी दिनुभयो ।

यस्तै,स्वास्थ्य चौकी आधारभूत स्वास्थ्य सेवा केन्द्र गरि ३२ वटा खोप केन्द्रबाट खोप दिन लागेको हो।साथै, आवश्यक समुन्वय र सहजिकरणका लागि समेत सबैलाई अनुरोध गरिएको छ ।

Leave A Reply

Your email address will not be published.