बैतडीको पञ्चेश्वरमा बजार अनुगमन, अखाद्य बस्तु नष्ट

बैतडी । पञ्चेश्वरमा बजार अनुगमन गरिएको छ। गाउँपालीकाको वडा नं २ महाकालीको स्थानीय बजारमा मंगलबार बजार अनुगमन गरिएको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताउनुभयो।

बजार अनुगमनको क्रममा म्याद नाघेका अखाद्य बस्तु नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताउनुभयो। गाउँपालीका उपाध्यक्ष भट्टको नेतृत्वमा बजार अनुगमन गरिएको जनाईएको छ।

अनुगमनका क्रममा बिभिन्न पसलहरुबाट म्याद गुर्जेका समान बरामद गरि नष्ट गरिएको छ। करिब २० हजार मुल्यका अखाद्य बस्तुलाई नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष भट्टले बताउनुभयो।

पालीकाको अनुगमन समिति, जनप्रतिनिधी र प्रहरीद्धारा सयुक्त रुपमा पसलहरु अनुगमन गरिएको हो। पसल सञ्चालकहरुलाई म्याद गुर्जेका सामग्री र उपभोक्ताहरुको स्वास्थ्यमा असर पर्ने किसिमका समानहरु बिक्रि वितरण नगर्न गाउँपालिका उपाध्यक्ष भट्टले निर्देशन दिनुभएको छ।

Leave A Reply

Your email address will not be published.