भुमिराज आधारभुत बिद्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी । भुमिराज आधारभुत बिद्यालयको ६४ औँ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। पाटन नगरपालिका–०१ मा रहेको सो बिद्यालयको बिहीबार एक कार्यक्रमका बिच ७३ औँ वार्षिकोत्सव एवं अभिभावक दिवस सम्पन्न भएको बिद्यालयले जनाएको छ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष मीन बहादुर चन्दमको सभाध्यक्षता र पाटन नगरपालिका वडा न १ का वडा अध्यक्ष तर्क सिंह ठगुन्नाको प्रमुख आतिथ्यमा कार्यक्रम उद्घाटन गरिएको जनाईएको छ। कार्यक्रममा बिद्यालयले बर्ष गरेका कामकाजहरुको बारेमा समिक्षा गरिएको थियो।

बिद्यालयका प्रधानाध्यापक वसन्त राज शर्माले बिद्यालयको प्रतिबेदन प्रस्तुत गरेका थिए। बिद्यालयको कुल आय ४० लाँख २५ हजार १९० रुपैया र ३८ लाँख १३ हजार ५२५ रुपैया ब्यय रहेको जानकारी गरिएको थियो।

कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न मनोरञ्जनात्म प्रस्तुतीहरु प्रस्तुत गरेका थिए।

Leave A Reply

Your email address will not be published.