बैतडीमा पुनः हिमपात

बैतडीका राजमार्गमा हिमपात भएको छ। दशरथचन्द र जयपृथ्वी राजमार्गमा बिहीबार दिउँसो हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो। राजमार्गका खोडपे, अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड लगायतका स्थानमा हिमपात भएको हो।

हिमपातका कारण केहिबेर राजमार्ग अवरुद्ध भएपनि अहिले भने सुचारू रहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयो। यसैबीच हिमपात भएसंगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्।

हिमपातले चिसो भने बढेको छ। चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। चिसोको समयमा तातो झोलिलो कुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

बैतडीमा दोस्रोपटक हिमपात भएको हो। यसअघि माघ १८ गते पनि हिमपात भएको थियो।

Leave A Reply

Your email address will not be published.