दादुरा-रुबेला विरुद्धको खोप अभियानका लागि अभिमुखिकरण गोष्ठी सम्पन्न

बैतडी : पाटन नगरपालिका–४ मा दादुरा–रुबेला विरुद्धको खोप अभियानका लागि अभिमुखिकरण गोष्ठी सम्पन्न भएको छ। भुमेश्वर स्वास्थ्य चौकिको आयोजनामा सो अभिमुखिकरण गोष्ठी सम्पन्न भएको हो।

दादुरा–रुबेला विरुद्धको खोप अभियान २०८०/०८१ का लागि वडा स्तरीय खोप समन्वय समिति तथा सरोकारवालाहरुसगं छलफल गरिएको भुमेश्वर स्वास्थ्य चौकि प्रमुख जगदिश बिकले जानकारी दिनुभयो। वडा स्तरीय खोप समन्वय समिति अध्यक्ष तथा वडा अध्यक्ष दिपक सिह बिष्टको अध्यक्षतामा अभिमुखिकरण गोष्ठी सम्पन्न भएको उनले बताउनुभयो।

गोष्ठीमा वडा सदस्यहरु, महिला स्वास्थ्य स्वंयमसेबिका, बिभिन्न बिद्यालयका प्रधानाध्यापक एवं शिक्षकहरुको उपस्थिती रहेको थियो। देशब्यापि रुपमा सञ्चालन हुन गईरहेको दादुरा-रुबेला विरुद्धको खोप अभियान भुमेश्वर स्वास्थ्य चौकिमा फागुन १६ गतेबाट सञ्चालन हुदै छ।

फागुन १६ गते कुडि प्रसुती केन्द्रमा, फागुन १७ गते चिल्लेपानि प्रसुती केन्द्रमा, फागुन १८ गते जेउडे खोप केन्द्र र फगुन १९ गते भुमेश्वर स्वास्थ्य चौकिमा खोप अभियान सञ्चालन हुने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.