मेलौलीमा शिक्षकहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम शुरु

बैतडी : मेलौलीमा शिक्षकहरुका लागि २ दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ। मणिलेक माविमा शिक्षकहरुको प्रबोधिकरण तथा नयाँ पाठ्क्रम कार्यान्वयनको लागी २ दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ।

मेलौली नगरपालीकाको आयोजना तथा शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको सहयोगमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको कार्यक्रम सहजकर्ता रोहित भट्टले बताए। कक्षा ५, ८ र १० को नयाँ पाठ्क्रम कार्यान्वयनको लागी २ दिने अभिमुखीकरण कार्यक्रम शुरु गरिएको उनले बताए।

पाठ्क्रम परिवर्तन तथा परिमार्जन संगै नयाँ पाठ्क्रम कार्यान्वयनको लागि पाठ्क्रमको प्रवोधिकरण गर्नुपर्ने लगायतका बिषयमा कार्यक्रममा छलफल गरिने कार्यक्रममा सहभागी सहजकर्ता नारायण दत्त जोशीले बताए।

अभिमुखीकरण कार्यक्रममा मेलौली पालिकाभरीका शिक्षक र शिक्षिका गरि १०६ जना सहभागी भएका छन। अभिमुखीकरणका लागि भने ५ जना सजकर्ता रहेको जनाईएको छ।

शुक्रबारबाट शुरु भएको सो अभिमुखीकरण कार्यक्रम मेलौली नगरपालकिाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रसिहं रावलको सभाध्यक्षतमा सञ्चालन गरिएको छ। यसैगरी कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालकिाका नगरप्रमुख भिम बहादुर चन्द रहनु भएको छ।

कार्यक्रमबाट नयाँ पाठ्क्रम कार्यान्वयनको लागी शिक्षण सिकाईमा सहयोग पुग्ने बिश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.