सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोका

बैतडीको सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा हर्षबहादुर रोकालाई खटाइएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो।

सुदूरपश्चिमको मुख्यमन्त्री तथा मन्त्रीपरीषदको कार्यालयअन्तर्गत कार्यरत रहेका रोकालाई सुर्नया गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको हो। रोका पछिल्लो समय यातायात व्यवस्था कार्यालय डडेल्धुराका प्रमुख थिए।

नयाँ खटाइएका प्रमुख प्रशासकीय अधिकृत केही दिनभित्रै गाउँपालिकामा हाजिर हुने गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए।

सुर्नया गाउँपालिका गएको पुस १२ गतेदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन रहेको थियो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीको सरुवा भएपछि गाउँपालिका हाकिमविहीन भएको थियो।

Leave A Reply

Your email address will not be published.