कोल्तडा आधारभुत बिद्यालयको ३५ औ बार्षिकोत्सव सम्पन्न

बैतडी : कोल्तडा आधारभुत बिद्यालयको ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ। शनिबार एक कार्यक्रमका बिच ३५ औ बार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको बिद्यालयले जनाएको छ।

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष हरिदत्त भट्टको सभाध्यक्षता र मेलौली नगरपालिका नगर प्रमुख भिम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रमको उद्घाटन गरिएको थियो। कार्यक्रममा मेलौली नगरपालिका ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट, मेलौली ५ का कार्यबहाक वडा अध्यक्ष प्रेम बहादुर चन्द, भागेश्वर गाउँपालिका कार्यपालिका सदस्य रमेश दयाल बिशिष्ट अतिथि रहनु भएको थियो।

कार्यक्रममा बिद्यालयले बर्षभरी गरेका कार्यहरुको बारेमा समिक्षा गरिएको थियो। बिद्यालयका प्रधानाध्यापक महेश बहादुर चन्दले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए। बिद्यालयको कुल आय २० लाँख ६९ हजार ५२५ रुपैया रहेको उनले बताए। यसैगरी बिद्यालयको कुल खर्च २० लाँख ४२ हजार ४२५ र मौज्दात २६ हजार १०० रुपैया रहेको जानकारी गरिएको छ।

कार्यक्रममा बोल्दै नगर प्रमुख चन्दले बिद्यालयको चौतर्फि बिकासका लागि नगरपालिकाबाट हुने हरेक किसिमको सहयोग गर्ने बताएका थिए। समाज रुपान्तरणको प्रमुख संबाहक शिक्षा क्षेत्र रहेकाले मेलौली नगरको शिक्षा स्थिति सुधार गर्न आफु प्रतिबद्ध रहेको उनले बताएका थिए।

कार्यक्रममा लोक तथा देउडा गायक गोपाल दयाल र बिद्यार्थीहरुले सांस्कृति प्रस्तुती प्रस्तुत गरेका थिए। साथै कार्यक्रमलाई सामुदायिक रेडियो मेलौलीबाट पनि प्रत्यक्ष प्रशारण गरिएको थियो।

Leave A Reply

Your email address will not be published.