दुर्गा आवि जर्कुको बार्षिकोत्सव कार्यक्रम सम्पन्न

बैतडी– बैतडीको मेलौली नगरपालिका १ जर्कुमा रहेको दुर्गा आधारभुत विद्यालयको ५० औ बार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। शनिबार विद्यालयको ५० औ बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको हो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भास्कर सिंह नायकको सभापतित्वमा सम्पन्न बार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालिका का प्रमुख प्रशाकीय अधिकृत महेन्द्र सिंह रावल रहेका थिए ।

कार्यक्रममा बार्षिक उत्सवका अवसरमा भएका बिभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता संगै कक्षामा उत्कृष्ट हुने विद्यार्थिलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भरत सिंह नेगीले ४४ लाख ५८ हजार ९ सय ८३ रुपैया बरावरको विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।विद्यालयकका शिक्षक दिपक सिंह क्षेत्रीले स्वागत मन्त्यव्य राखेको कार्यक्रमको संचालन शिक्षक धिरेन्द्र सिंह नेगीले गरेका थिए ।

विद्यालयमा अहिले १ सय ४० विद्यार्थि अध्ययनरत रहेका छन ।२०३१ सालमा प्रावितहबाट अध्यापन सुरु भएको सो विद्यालयमा २०६० सालदेखि आवि तह सम्मको अध्यापन हुँदै आएको छ ।

Leave A Reply

Your email address will not be published.