मेलौलीमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एलईडि टिभि वितरण

बैतडी : मेलौलीमा शिक्षण सिकाईलाई प्रभावकारी बनाउन एलईडि टिभि वितरण गरिएको छ। वडाको बार्षिक कार्यक्रम अन्तरगत मेलौली नगरपालिका वडा न ६ ले बिद्यालयहरुलाई एलईडि टिभि वितरण गरेको वडा अध्यक्ष तारादत्त भट्टले बताए।

वडामा रहेको ४ बिद्यालयलाई डिजिटल प्राविधीबाट शिक्षण सिकाईका लागि सहज होस भन्ने उदेश्यका साथ एलईडि टिभि वितरण गरेको जनाईएको छ। जगदम्वा माबि हतरङ्गां, लक्ष्मीपुर आबि लामालेक, सरस्वती आबि पोखरी र चन्द्रनपुर आबि गाजरीलाई एक–एक एलईडि टिभि वितरण गरिएको छ।

आर्थिक बर्ष २०८०/०८१ को बजेटबाट एलईडि टिभि वितरण गरिएको वडा अध्यक्ष भट्टले बताए। एलईडि टिभिको प्रयोगले बिद्यार्थीहरुको शिक्षण सिकाई प्रभावकारी हुने बिश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.