बैतडीको शिबनाथमा महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम शुरु

बैतडी : बैतडीको शिबनाथ गाउँपालिका–०६ मा महिलालाई आत्मनिर्भर बनाउन सिलाई कटाई तालिम शुरु भएको छ। वडा कार्यालयको आयोजनामा बुधबारबाट ४५ दिने तालिम सञ्चालन भएको वडा अध्यक्ष भरत राम पार्कीले बताए।

लक्षित बर्ग कार्यक्रम अन्तर्गत महिलालाई आत्मनिर्भर बनाउने उदेश्यले सिलाई कटाई तालिम शुरु गरिएको जनाईएको छ। तालिममा १६ जना महिलाहरु सहभागि भएका छन। सहभागि महिलाहरुलाई करन रानाले प्रशिक्षण दिनुहुने वडा अध्यक्ष पार्कीले बताए।

तालिम हरेक दिन बिहान ८ बजदेखी दिउसो १२ बजेसम्म सञ्चालन हुने छ। सिलाई कटाई तालिमले घरको चुलो चौकोमा सिमित रहेका महिलाहरुलाई व्यवसाय नै सञ्चालन गरी आर्थिक रुपमा सबल र सक्षम बनाउन महत्वपूर्ण टेवा पुग्ने विश्वास लिईएको छ।

जीवनयापनका लागि सीप महत्वपूर्ण रहेको भन्दै सीप सिकेर व्यवसायिक बन्न महिलाहरुलाई वडा अध्यक्ष पार्कीले आग्रह गरेका छन। महिलाहरुलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन सीप तथा तालिम प्रदान गर्नुका साथै यस्ता सीप तथा तालिमले उनीहरुलाई स्वरोजगार बन्ने बाटो खुल्ने समेत उनले बताए।

Leave A Reply

Your email address will not be published.