मेलौलीमा नारी दिवसको अवशरमा देउडा प्रतियोगिता हुदै

बैतडी : मेलौलीमा नारी दिवसको अवशरमा देउडा प्रतियोगिता हुने भएको छ। मेलौली नगरपालिकाको आयोजनामा यहि फागुन २४ गतेका दिन देउडा प्रतियोगिता हुने जनाईएको छ।

महिला अधिकार तथा महिला हिंसा न्युनिकरण सम्बन्धि एकदिने देउडा प्रतियोगिता हुने महिला विकास निरिक्षक लक्ष्मी भट्टले बताए। मेलौली नगरपालिकाको कार्यालय अगाडी बिहान ११ बजेबाट प्रतियोगिता सञ्चालन हुने उनले बताए।

प्रतियोगितामा सहभागि हुन चाहनेले यहि फागुन २३ गतेभित्र नामदर्ता गराउन आग्रह गरिएको छ। प्रतियोगिताबाट प्रथम, द्धित्तिय र तृतीय हुने समुहलाई पुरुस्कार समेत दिईने मेलौली नगरपालिकाले जनाएको छ।

No description available.

Leave A Reply

Your email address will not be published.