बैतडीको दशरथचन्द नगरपालिका ११ बर्तोलीमा भोलि शनिबार निःशुल्क आँखा सञ्चालन हुने भएको छ। नागार्जुन रणशैनी युवा क्लब बठ्ठाको आयोजनामा सञ्चालन हुने शिविरमा प्राविधिक सहयोग गेटा आँखा अस्पतालको रहेको छ।
नागार्जुन माबि बर्तोलीमा सञ्चालन हुने आँखा शिविरको उद्घाटन दशरथचन्द नगरपालिकाका उपप्रमुख कौशिला चन्दले गर्ने कार्यक्रम रहेको नागार्जुन रणशैनी युवा क्लबका सल्लाहकार श्यामबहादुर चन्दले जानकारी दिनुभयो। निःशुल्क रूपमा गाउँमै आँखाको चेकजाँच तथा उपचार हुने भएकोले मौकाको फाइदा उठाउन आयोजकको आग्रह रहेको छ।
जिल्लाको नामी क्लबका रूपमा रहेको यो क्लबले खेलकुदका साथै विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ। क्रिकेटको १६ संस्करण सम्पन्न गरिसकेको क्लबले समाजमा हुने विकृति विसङगती रोक्न सचेतनाका कार्यक्रम पनि सञ्चालन गरिरहेको सल्लाहकार चन्दले बताउनुभयो।