बैतडी– बैतडीको मेलौली नगरपालिकामा नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ। बुधबारबाट मेलौली नगरपालिकाले आयोजना गरेको नमुना युवा संसद अभ्यास कार्यक्रम शनिबार सम्पन्न भएको कम्प्युटर अपरेटर तथा कार्यक्रम संचालक क्याडेट महेन्द्र सिह नायकले बताउनुभयो ।
मेलौली नगरपालिकाको सभाहलमा १६गते बाट सञ्चालन भएको नमुना युवा संसद अभ्यास आज सम्पन्न भएको शिक्षा शाखा प्राबिधिक सहायक रोहित भट्टले जानकारी दिनुभयो। वडा स्तरीय गठन गरिएका युवा क्लबबाट छनौट गरिएका युवाहरुको लागि नमुना युवा संसद अभ्यास सुरु गरिएको थियो।
मेलौली नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत नारायण बहादुर चन्दको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न गरिएको हो । समापन कार्यक्रमका प्रमुख अतिथी नगर–उप्रमुख पार्वती बोहरा बिष्ट विशिष्ट अतिथी स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्ट , जिल्ला युवा समिती अध्यक्ष सुरेश सेरला, डडेल्धुरा जिल्ला युवा समिति अध्यक्ष एवं प्रशिक्षक भरत मल्ल र प्रशिक्षक तेज राज जोशी रहनु भएको थियो।
यसैगरी कार्यक्रममा वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट,वडा न २ का वडा अध्यक्ष कृष्ण दत्त भट्ट र कार्यपालिका विजय पोखरेल,सुरेश परियार लगागतको उपस्थिति रहेको थियो। युवा बर्गको नेतृत्व तथा क्षमता विकास गरि देशको शासन प्राणाली र सुशासन सम्बन्धमा युवाहरुलाई सु–सूचित गर्ने उदेश्यका नमुना युवा संसद अभ्यास सुरु कम्प्युटर अपरेटर तथा कार्यक्रम संचालक क्याडेट महेन्द्र सिह नायकले बताउनु भयो।