बैतडीमा तेस्रो पटक पटक हिमपात, जनजीवन प्रभावित

बैतडीमा तेस्रोपटक पटक हिमपात भएको छ। दुईदिनदेखिको वर्षापछि सोमबार बिहान हिमपात हो।
जिल्लाको दशरथचन्द, जयपृथ्वी, महाकाली राजमार्गको विभिन्न क्षेत्रमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिनुभयो।

राजमार्गकाखोडपे,अनारखोली, हरिचन, दुदिलाखान, ढोल्यामोड, बित्थड, सतबाँझ, धरमघर लगायतका स्थानमा हिमपात भएको हो। हिमपातका कारण राजमार्ग अवरुद्ध नरहेका ट्राफिक प्रहरी पोष्ट खोडपेका प्रहरी जवान शेरसिंह विष्टले बताउनुभयो।

यसैबीच हिमपात र वर्षाभएसंगै बालीनाली सप्रिने भन्दै यहाँका किसान खुसी भएका छन्। हिमपातले चिसो भने बढेको छ।चिसोले गर्दा जनजीवन प्रभावित भएको छ।

चिसोको समयमा बालबालिका र वृद्धवृद्धाहरुको स्वास्थ्यको ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले जोड दिएका छन्। चिसोको समयमा तातो झोलिलो कुरा सेवन गर्न र न्यानो लुगा लगाउन स्वास्थ्यकर्मीको सुझाव रहेको छ।

यसअघि बैतडीमा दोस्रोपटक फागुन १० गते र माघ १८ गते पहिलोपटक हिमपात भएको थियो।

Leave A Reply

Your email address will not be published.