डडेल्धुराबाट अत्तरिया गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना

बैतडी-डडेल्धुराबाट कैलालीको अत्तरियातर्फ गइरहेको इलेक्ट्रिक भ्यान दुर्घटना भएको छ । बुधबार दिउँसो गोदावरीको भ्यागुत्ते पानीमा सुपप्र ०२००१ ज ४७९ नम्बरको इलेक्ट्रिक भ्यान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ४ जना यात्रु घाइते भएको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । उनीहरुलाई उपचारका लागि अस्पतालतर्फ लगिएको छ । ब्रेक लगाउँदा भ्यान दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.