शिवनाथको शर्मालीमा क्याम्पस स्तरको पढाई हुने

बैतडी-बैतडीको शिवनाथ गाउँपलिकामा क्याम्पस स्तरको पढाई हुने भएको छ । गाउँपालिलकाको वडा न – २ शर्मालीमा क्याम्पस स्तरको पढाई हुने गाउँपालिका अध्यक्ष कर्ण सिंह साउँदले बताउनुभयो।
लामो समयदेखि शिवनाथ गाउँपालिकाको शर्मालीमा क्याम्पस खोल्ने प्रयास सफल भएको उनले बताउनुभयो ।
क्याम्पस स्थापनाका लागि गाउँपालिकाले चालु आर्थिक बर्षमा १० लाख सहयोग गरेको छ ।आगामी दिनमा समेत क्याम्पसका लागि पालिकाले निरन्तर सहयोग गर्ने गाउँपालिका अध्यक्ष साउँदले बताउनुभयो।
अब शर्मालीमा खुलेको क्याम्पसले गाउँपालिका आसपासका पालिकाका विद्यार्थीहरुले क्याम्पस पढन बाहिर जानु पर्ने बाध्यताको अन्त्य भएको गाउँपालिका प्रवक्ता केशव बहादुर चन्दले बताउनुभयो।
लामो समयको प्रयासबाट त्रिभवन विश्वविद्यालयले नयाँ क्याम्पसको स्वीकृती नदिए पनि पर्वतको जलजलामा रहेको ग्राम प्रकाश बहुमुखी क्याम्पसलाई ठाउँसारी गरी दिएको छ ।
अब गाउँपालिकाका विद्यार्थीहरु टाढा गएर कोठा भाडामा लिएर बसेर पढनु पर्ने समस्याबाट मुक्त हुने भएका छन् ।
क्याम्पस स्थाप्नाको लागी लामो समयदेखि विभिन्न व्यक्तिहरुले सहयोग गरेको प्रति शिवनाथ गाउँपालिका अध्यक्ष कर्ण सिह साउँदले सबैलाई धन्यवाद समेत दिनु भएको छ ।

Leave A Reply

Your email address will not be published.