बैतडी: बैतडीको गोइडाखोला पुलमा मोटरेबल पुल छिटो निमार्ण गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकिएको छ । जिल्लाकाे तल्लो स्वराडको मुख्य सडक पाटन-पञ्चेश्वर सडकमा पर्ने गोइडाखोला पुल बैसाखमा सम्पन्न गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकिएको छ ।
पुलको जग्गा र स्टमेट लगायतका बिषयमा समस्या भएकाले छलफल गरी अगाडी बढने निमार्ण कम्पनीका बैतडी प्रतिनिधी निमार्ण व्यवसायी संघका सुदुरपश्चिम उपाध्यक्ष बिष्टले बताए । उनले सकारी पक्षबाट केही समस्या भएकाले समाधान नभए पुल निमार्ण प्रक्रिया अगाडी नबढने उनले बताए ।
पाटन नगरपालिका नगरप्रमुख गौरीसिह रावलको पत्रलाई आधार बनाएर उनले विवाद सामाधान नभई निमार्ण प्रक्रिया अगाडी बढाए स्थानीय आन्दोलीत हुने तिर आफु सचेत रहेको बिष्टले बताए ।
सडक डिभिजन कार्यालय बैतडी डिभिजन प्रमुख ई.मुकुन्द प्रसाद लामिछानेले भने पुल निमार्णमा कुनै विवाद नरहेको बताए । उनले पुल निमार्ण भएपछि घुम्ती बनाउन केही विवाद आउने नगर प्रमुखको पत्र अनुसार देखिन्छ तर अहिले नै पुल बनाउन विवाद देखिदै स्टमेटमा केही विवाद छैन्।
स्थानीयको जग्गा क्षती हुन नदिन सडक कार्यालयलाई आफुले पत्र पठाएको र त्यसको गलत ब्याख्या गरिएको नगर प्रमुख रावलले बताए । उनले भने, ‘मैले पुलमा विवाद छ काम नगर्नुस भनेको हैन पुल बनाउदाँ स्थानीयको नहर तथा घर भत्कीने बिषयलाई उठाएको हो ।’
पुल निमार्णमा विवाद भएकाले रोक्न नगर प्रमुख रावलले सडक कार्यालयलाई पत्र लेखेरको विषय विवादीत बनेको थियो ।
यो पुल निमार्णका लागि तल्लो स्वराडका तीन स्थानीय तह प्रमुखहरु आन्दोलन गर्ने तयारीमा छन् ।
एक औपचारीक कार्यक्रममा पञ्चेश्वर गाउँपलिका अध्यक्ष गोरख बहादुर चन्दले भने, ‘पाटनले तल्लो स्वराडको विकास रोक्न पाउदैन् । यसरी रोक्ने पत्र आउछन् तथा संसाद तथा जनप्रतिनिधीले चासो दिदैन भने अब तल्लोस्वराडका जनता, राजनितीक दल, जनप्रतिनिधी आन्दोलन गर्न बाध्य हुन्छन्।,
बैतडीको सुर्नयागाडमा मोटरेबल पुल छिटो निमार्ण गर्ने ठेकेदार कम्पनीको प्रतिबद्धतापछि ठेक्का रद्द प्रक्रिया रोकिएको छ । जिल्लाको पाटन नगरपालिका-६ मा पर्ने पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नयामा निर्माणधीन मोटरेबल पुल बैशाखमा सक्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ ।
पुल १० वर्षदेखि अलपत्र जस्तै रहेको पुल निमार्ण सम्पन्न गर्न सक्ने आधारसहित प्रतिबद्धता पत्र माग गरे अनुसार जवाफ सडक डिभिजन कार्यालय पाटन बैतडीलाई पठाएको छ ।
पुलको अधिकार काम सकिएकाले बैशाखमा काम सम्पन्न गर्ने निमार्ण कम्पनीका बैतडी प्रतिनिधी निमार्ण व्यवसायी संघका सुदुरपश्चिम उपाध्यक्ष मदन बिष्टले बताए । उनले दुई चार दिनमा समाग्री आइरहेकाले रोकिएको काम सुरु हुने बताए ।
बैतडीको पाटन बजार जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ भएको छ । सुर्नया नदीमा बन्न लागेको पाटन–सकार कैलपाल जोड्ने मोटरेबल पुल समयमै निर्माण नहुँदा समस्या भएको हो ।
सुर्नया नदीमा २०७१ सालमा पुल निर्माण शुरू भएको थियो । पचास मिटर लामो उक्त पुल निर्माण दुई वर्षमा सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँग सम्झौता भएको सूचना अधिकारी इन्जीनियर रसाईलीले बताए ।