पत्रकार महासंघ बैतडीका संस्थापक सदस्य थापाको निधनप्रति तरुण दलको शोक वक्तव्य

नेपाल पत्रकार महासंघ बैतडीका संस्थापक सदस्य एवं पुराना पत्रकार जितसिंह थापाको ७३ बर्षको उमेरमा भएको निधनप्रति नेपाल नेपाल तरुण दल जिल्ला कार्य समिति बैतडीले शोक वक्तव्य जारी गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीका पुर्ब जिल्ला सदस्य र २०४६ सालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी योद्धा तथा नेपाल पत्रकार महासंघ बैतडी शाखाका संस्थापक सदस्य भई पत्रकारिताका क्षेत्रमा गरेको काम जनताका आवाजहरुलाई उठाएको भन्दै शोक वक्तव्य जारी गरेको नेपाल तरुण दल जिल्ला कार्य समिति बैतडीका कार्यवाहाक अध्यक्ष महेश दत्त भट्टले बताए ।

जिल्लाको दशरथचन्द नगरपालिका वडा नं ८ त्रिपुरा घर भएका थापाको बुधबार साँझ निधन भएको हो ।पछिल्लो समयमा विभिन्न रोगबाट पीडित थापाको बुधबार आफ्नै निवासमा निधन भएको हो । २०४८ सालको निर्वाचनपछि थापा तत्कालिन इलाका नम्बर ६ बाट जिल्ला विकास समिति सदस्यमा समेत निर्वाचित भएका थिए ।

स्वर्गीय पत्रकार थापाका ३ छोरामध्ये एक छोराको गत बर्ष दुर्घटनमा निधन भइसकेको छ । अहिले उनका दुई छोरा, एक छोरी र श्रीमति रहेका छन ।

No description available.

Leave A Reply

Your email address will not be published.