ईप्रका मेलौलीको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न

बैतडी : ईलाका प्रहरी कार्यालय तस्वदेही मेलौलीको सार्वजनीक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ। शुक्रबार एक कार्यक्रमका बिच सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिए।

सुनुवाई कार्यक्रममा ईप्रका मेलौलीले गरेका बिभिन्न गतिबिधिहरुको बारेमा छलफल गरिएको थियो। ईप्रका मेलौलीका प्रहरी नायब निरीक्षक (सइ) नरेन्द्र बहादुर चन्दले आफु मेलौली आए पश्चात झै–झगडा मेलमिलाप, लागु औषध सेवन दुब्र्यशनमा लागेका युवाहरुलाई सचेतना, निजि मेडिकल अनुगमन, सार्वजनीक ठाउमा धुमपान र मध्यपान निषेध र बिभिन्न चोरीका घटना अनुसन्धान लगायतका कामहरु गरेको बताए।

ईप्रका मेलौलीमा सिसिटिभि नुहदा थुनुवा कक्षको अथवा बाहिरी ठाउको रेखदेखमा समस्या प्रहरी नायब निरीक्षक (सइ) चन्दले बताए। सुनुवाई कार्यक्रममा बैतडीका प्रहरी प्रमुख दिपक गिरी, मेलौली नगरपालिका वाड नः १, २, ३, ७, वडा अध्यक्ष, वडा नः ५ का कार्यवहाक वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, राजनितिक दलका प्रमुख एवं प्रतिनिधि, समाजसेवी, शिक्षकहरु, ब्यापारी लगायत पत्रकारहरुको सहभागिता रहेको थियो।

आगामि दिनहरुमा प्रहरीले समाज प्रति खेल्ने भुमिकाका बारेमा अझ प्रभावकारी र शशक्त तरिकालेकाम गर्ने प्रहरी प्रमुख दिपक गिरीले बताए। प्रहरी जहिले पनि नागरीकको सेवामा तल्लीन रहने उहाको भनाई रहेको थियो।

Leave A Reply

Your email address will not be published.