बझाङको सेती नदिमा र्याप्टिङ शुरु

बझाङको पर्यटन प्रवर्धनका लागि सेती नदीमा आजबाट र्‍याफ्टिङ सुरू गरिएको छ।

सेती नदीको मनमोहक दृश्यावलोकन गर्न र समग्र बझाङको पर्यटन विकासका लागि सुनिकोटदेखि पानकोटसम्म र्‍याफ्टिङ गरिएको हो ।

चैत १२ गते आजबाट सुरू भएको र्‍याफ्टिङ चैत २५ गतेसम्म गरिने र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक किशोर खड्काले बताए। चैत १२ गते आजबाट सेती नदीमा सञ्चालन गरिएको र्‍याफ्टिङ कार्यक्रमका लागि टिकट बुकिङ खुला गरिएको र भोलीबाट र्‍याफ्टिङलाई निरन्तरता दिने खड्काले बताए।

र्‍याफ्टिङ कार्यक्रमका व्यवस्थापक खड्काका अनुसार सेती नदीको संरक्षण र बझाङमा पर्यटनको विकासका आधार तय गर्न उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

आज र्‍याफ्टिङको पहिलो दिन नेकपा एमालेका नेता दिपक रोकाया, तलकोट गाउँपालिका वडानम्बर १ का वडाअध्यक्ष रामचन्द रावल,समिट एअरलाईन्स बझाङ स्टेसन म्यानेज हिक्मत सिंह, विरेन्द्र विष्ट, किशोर खड्का, सत्यराज सिंह र रमेश कुँवरले र्‍याफ्टिङ गरेका झन् ।

Leave A Reply

Your email address will not be published.