कांग्रेस केन्द्रीय सदस्यको मत गणना सुरु


पुस २, शुक्रबार२०७८्र

काठमाण्डौ – नेपाली कांग्रेसको केन्द्रीय सदस्यको मत गणना सुरु भएको छ । कांग्रेस निर्वाचन समितिका प्रवक्ता जगन्नाथ श्रेष्ठले कांग्रेस मधेशी महिलातर्फको मतगणना सुरु गरिएको जानकारी दिनुभयो ।

प्रदेश २ को प्रदेश अधिवेशन बाँकी छ । नेता तथा कार्यकर्ता प्रदेश जानुपर्ने भएकाले पहिले मधेशी महिलातर्फ केन्द्रीय सदस्यको मत गणना गर्न लागिएको उहाँले बताउनुभयो ।

मधेशी महिलातर्फबाट चार पदमा पाँच जना उम्मेदवार छन् । मधेशी महिलाको सकिएपछि अरू केन्द्रीय सदस्यको मतगणना सुरु हुने छ । प्रदेश २ को अधिवेशन पुस ६ र ७ गते गर्ने मिति तय भएको छ । उज्यालो

Leave A Reply

Your email address will not be published.