बैतडी :सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बेचबिखन गरे कारबाही हुने

बैतडी-जिल्लाका सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ बेचविखन गरे कारबाही गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्व र जिल्ला स्वाथ्य कार्यालय बैतडीको संयुक्त अनुगमन टोलीले जिल्लाका सार्वजनिक स्थलका पसलमा सुर्तीजन्य पदार्थ विक्रिवितरण र सेवनको अवस्था बारेमा अनुगमन गरेको छ ।

अनुगमन टोलीले सार्वजनिक स्थानहरुमा सुर्तीजन्य पदार्थ बेचबिखन नगर्न निर्देशन समेत दिएको छ । सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐनलाई कडाइका साथ कार्यान्वयन गर्न अनुगमन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रसाद भट्टले बताए।

यस्तै अनुगमन टोलीले होटेल रेस्टुरेन्टमा खुल्ला रुपमा चुरोट र सुर्तीजन्य पदार्थ विक्रिवितरण नगर्न र धुम्रपान निषेधित क्षेत्र भनेर भित्तामा लेख्ने वा धुम्रपान निषेधित क्षेत्र लेखेको पर्चा टास्न निर्देशन समेत दिएको छ ।

पहिलो पटक सम्झाएको र दोस्रोपटक कारबाही गरिने अनुगमन टोलीका संयोजक एवम साहायक प्रमुख जिल्ला अधिकारी शंकर बोहराले बताए । अनुगमनमा साहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सुरुक्षा निकायका प्रमुख र सरोकारवालाहरु रहेका थिए ।

Leave A Reply

Your email address will not be published.