बैतडीको दशरथचन्द नगरपालिकाले दोस्रो पटक स्थापना दिवस मनाएको छ । नगरपालिका स्थापनाको २८बर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाइएको हो । नगरपालिकाले गतबर्ष पहिलो पटक स्थापना दिवस मनाएको थियो ।
दिवसको सम्बोधन गर्दै नगरप्रमुख पुस्कर राज जोशी लख्खाभाईले आफुहरुले शिक्षा क्षेत्रलाई बढी प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले शिक्षा क्षेत्रमा भएका समस्याहरु समाधान गरि शैक्षिक गुणस्तर सुधारका योजना कार्यान्वयन गरिरेहको दावी गरे । उनले विगतमा अध्यापन गराइने संस्कृत बिषय सुचारु ग्र्ने बताए । यसका साथै विद्यार्थीहरुलाई कला संस्कृतिको ज्ञान दिन कक्षा सञ्चालन गरिएको बताए । वडा न।४ साहिलेक स्थीत विरेन्द्र माविमा संगीत कक्षा सञ्चालन भैरहेको उनले बताए ।
नगर प्रमुख जोशीले विभिन्न ठाउँमा खेलकुद मैदान निर्माण गरि खेलाडी उत्पादनमा जोड दिएको बताए । “बालबालिकाहरु कतै सडकमा, कतै घरको छतमा खेल्नुपर्ने बाध्यता छ हामी यो बाध्यताको अन्त्य गर्छौँ, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्ने योजना छ ।” उनले भने,।
नगर प्रमुख जोशीले दशरथचन्द नगरपालिकाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेको बताए । उनले नगरपालिका भित्र एम्बुलेन्स र शव वाहन निशुल्क गरेको बताए । नगरउपप्रमुख काैशिला चन्दले स्वागत मन्तव्य राख्नुभएकाे थियाे।
दिवस मुल समारोहका प्रमुख अतिथी समेत रहेका प्रमुख जिल्ला अधिकारी भिमकान्त शर्माले नगरपालिकालाई आर्थिक, भौतिक, सर्वांगीण विकास तथा उत्तरोत्ततर प्रगतीको शुभाकामना व्यक्त गरे । उनले नगरपालिकामा शुसासन कायम गर्ने सवालमा आफ्नो तर्फबाट पुर्ण सहयोग रहने बताए। नगरपालिकामा सुशासन कायम गर्ने आधारमा काम गर्न सम्पुर्ण कर्मचारीहरुलाई निर्देशन दिए। कार्यक्रममा उपस्थीत व्यक्तिहरुले नगरपालिकाको उत्तरोत्तर प्रगतीका लागि शुभकामना व्यक्त गरेका छन् ।
नगरपालिकाले ४दिन सम्म विभिन्न कार्यक्रम गरि दिवस मनाएको प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले बताए । दिवसको अवसरमा वक्तित्वकला, सरसफाई तथा फलफुल वितरणका कार्यक्रम गरिएका थिए भने शनिबार सांस्कृतिक कार्यक्रम सहित दिवस मनाइएको हो ।