बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते 

बझाङः बझाङमा भालुको आक्रमणबाट दुई जना घाईते भएका छन्। थलारा गाउँपालिका-८ गण्डाउली बस्ने ६० वर्षीय मदनराज जोशी र उनकै १३ वर्षीया छोरी देउसरा जोशी आज साँझ आक्रमणबाट घाईते भएका हुन्।

घर नजिकै राखिएको मौरी घार हेर्न गएका बेला उनीहरुलाई शनिवार भालुले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक दिपेश चौधरीले जानकारी दिए। भालुको आक्रमणबाट उनीहरुको अनुहार, टाउको, शरीर र हातमा गहिरो चोट लागेको चौधरीले बताए। घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ।

Leave A Reply

Your email address will not be published.