बझाङ मत परिणाम अपडेट: एमालेका दमन भण्डारीको अग्रता कायमै

बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को ९१० मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्।

छविसपाथिभेरा गाउँपालिकाको १, २, ३ र ४ वडामा मतगणना गर्दा एमालेका दमन भण्डारीले दोब्बर मतान्तरले अग्रता लिएका छन्।

उनले १ हजार ३०३ मत ल्याउँदा कांग्रेसका अभिषेकबहादुर सिंहले ६५६ मत पाएका छन्।यस्तै माओवादीका जनक बुढाले ४०१ मत पाउँदा नेकपा एकीकृत समाजवादीका दिल बहादुर सिंहले ३६९ मत पाएका छन्।

बझाङमा भएको उपनिर्वाचनमा ३० हजार ३ सय २८ जनाले मतदान गरेका छन्।

Leave A Reply

Your email address will not be published.