अन्तरपालिका खुल्ला महिला,पुरुष भलिबल प्रतियोगीताको तिब्र तयारी, ट्रफि सार्वजनिक

बैतडी-बैतडीमा सञ्चालन हुने बृहत अन्तर पालिस्तरिय खुल्ला भलिबल प्रतियोगीताको तिब्र तयारी भइरहेको छ । जिल्लाको दरशथचन्द नगरपालिका २ देहिमाण्डौमा सञ्चालन हुने प्रतियोगीतको तयारी तिब्र रुपमा भइरहेको मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ ।

यही जेठ ३ गतेदेखि अन्तर पालिकास्तरीय खुुला भलिबल महोत्सव तथा प्रतियोगितामा महिलातर्फ १० टिम र पुरुषतर्फ १४ टिम गरी २४ टिम दर्ता भएको जिल्ला खेलखुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले बताए ।

नेपाल खेलकुद महासंघ बैतडीको आयोजनमा देहिमाण्डौमा पत्रकार सम्मेलनमा ट्रफी सार्वजनिक गरिएको छ ।

शिवनाथ गाउँपालिकाबाट प्रतियोगितामा सहभागिता नजनाएको भए पनि जिल्ला खेलखुद महासंघ बैतडीका इन्चार्ज मनोज ठकुराठी लगायतको समुहले महिलाको टोली सहभागि गराउदैछन ।

पाटन र दशरथचन्द नगरपालिकाबाट महिला पुरुषतर्फका दुइर्दुरई वटा टिम दार्ता भएको आयोजकले जनाएको छ । मेलौली नगरपालिका र सुर्नया गाउँपालिकाबाट पिन पुरुषतर्फ दुई र दुई टीमले सहभागीताका लागि दार्ता गरेका छन ।

महिलातर्फ डिलाशैनी र सिगास गाउँपालिकाले पनि सहभागिता जनाएको छैन । समूह चरणबाट खेलहरु खेलाइने आयोजकले जनाएको छ । बिहीबार प्रतियोगिताको नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्ने कार्यक्रमतय भएको छ ।

खेलकुद महोत्वसमा बैतडीमा जन्मिएका कलाकारहरुले प्रतियोगिताको उद्घाटनमा आ–आफ्नो प्रस्तुती पनि राख्ने छन ।

प्रतियोगीताको प्रथम पुरुस्कार ७७ हजार ७ सय ७७ नगद, ट्रफि, मेडल र प्रमाण पत्र प्रदान गरिने छ । दोस्रो पुरुस्कार ५५ हजार ५ सय ५५ नगद, ट्रफि, मेडल र प्रमाण पत्र रहेको छ भने तेस्रो पुरुस्कार ४४ हजार ४ सय ४४ नगद, ट्रफि, मेडल र प्रमाण पत्र र सान्त्वना पुरुस्कार ३३ हजार ३ सय ३३ नगद र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिलातर्फको पुरस्कार राशी एउटै रहेको छ ।

प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई ७ हजार ७ सय ७७ नगद पुरुस्कारको व्यवस्था छ । चन्दा संकलनबाट संचालन हुने प्रतियोगीताको पुरुस्कार खर्च ५ लाख २८ हजार ८ सय ७६ रहेको छ । बैतडीमा पहिलो पटक महिला र पुरुषलाई सम्मान पुरुस्कार राशीको प्रतियोगीता भइरहेको हो ।

Leave A Reply

Your email address will not be published.