डडेल्धुराको भागेश्वरमा वडा स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न

बैतडी : डडेल्धुराको भागेश्वरमा वडा स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको छ। भागेश्वर गाँउपालिकाको आर्थिक सहयोग र सरस्वती नमुना माध्यमिक बिद्यालयको आयोजनामा वडा स्तरीय हाजिरजवाफ प्रतियोगिता सम्पन्न भएको प्रधनाध्यापक जगदिश प्रसाद चटौट जानकारी दिनुभयो।

सरस्वती नमुना माध्यमिक बिद्यालयको प्राङ्गण बोगटामा सञ्चालन भएको प्रतियोगितामा ८ बिद्यालयको सहभागिता रहेको जनाईएको छ। प्रतियोगितामा सरस्वती नमुना माध्यमिक बिद्यालय बोगटा प्रथम भएको छ।

यसैगरी कैलपाल आधारभुत बिद्यालय खाल द्धितीय र कैलपाल आधारभुत बिद्यालय बिपलम तृतीय भएको प्रधानाध्यापक चटौतले बताउनुभयो। प्रतियोगितमा सम्पूर्ण बिद्यार्थीलाई प्रमाणपत्र नगद सहित पुरुस्कृत गरिएको जनाईएको छ।

कार्यक्रममा प्रमुख अतिथि भागेश्वर गाँउपालिका कार्यपालिका सदस्य रमेश दयाल रहनु भएको थियो।

Leave A Reply

Your email address will not be published.