गायक बोहराको टिपिकल देउडा गित “ए साली तेरी दिदि” सार्वजनीक

बैतडी : गायक तथा सर्जक दिपक बोहराको नयाँ देउडा गित “ए साली तेरी दिदि” सार्वजनीक भएको छ। लभ लाईट म्यूजीक स्टुडीयो युटूब च्यानलबाट गित भिडियो सहित सार्वजनीक भएको छ।

गितमा गायक बोहरालाई देउडा गायिक संगिता बडुवालले स्वरमा साथ दिनुभएको छ। लय/सगित बोहराकै रहेको गितलाई द म्यूजीक ईरा रेकर्डिङ स्टुडीयोमा रेकर्ड गरिएको गायक बोहराले बताउनुभयो।

सुदूरपश्चिमका मौलिक पर्वहरु गौरा/जाँत लगायतका मेलाहरुमा खेलिने खेललाई देउडा गित मार्फत बजारमा ल्याएको गायक बोहराले मेलौली खबरलाई बताए। प्रकृति र संस्कृतिको धनी सुदूरका पुराना भाकालाई नयाँ रुप दिदै देउडा गित मार्फत बजारमा ल्याएको उहाले बताउनुभयो।

कृष्ण बाजुरेलीले एरेन्ज गरेको गितमा नरेन्द्र प्रशाद जोशी (हगुल्डो), आशा बिसी र आचल जोशीले अभिनय गरेका छन। मिलन श्रेष्ठले निर्देशन गरेको भिडीयोलाई रोशन धितालले सम्पादन गरेका हुन।

आफ्ना गत विगतका गितहरु जस्तै यो गितलाई पनि माया गरिदिन बोहराले आग्रह गरेका छन। गित सुनेर भिडियो हेरेर आवश्यक सल्लाह सुझाव दिन समेत गायक बोहराले आग्रह गरेका छन।

Leave A Reply

Your email address will not be published.