बैतडी-बैतडीको पन्चेश्वर गाउपालिका-२ स्थित महाकाली प्रहरी चौकी डिम्बरघाट प्रहरी चौकीमा कार्यरत प्रहरी हवल्दार कृष्ण राज जोशीलाई त्यहाका स्थानीयहरुले दाम्लोले बाधेर नियन्त्रणमा लिएका छन् । स्थानीय अन्दाजी १७ वर्षीया किशोरीलाई बेपत्ता पारेको आरोपमा ती प्रहरी हवल्दारलाई त्यहाका स्थानीयहरुले दाम्लोले बाधेर नियन्त्रणमा लिएको पाइएको हो ।
अहिले जिल्ला प्रहरी कार्यालय बैतडीबाट प्रहरी निरीक्षक जनक ढुंगानाको नेतृत्वमा प्रहरी त्यसतर्फ गइरहेको छ ।
घटना संकास्पद रहेको बुझिएको छ । यस विषयमा थप विवरण आउन बाकी छ ।
प्रहरीलाई बाधेर नियन्त्रणमा लिएको भिडियो सामाजिक संजालमा सार्वजनिक भइसकेको छ ।