बैतडीमा जात्रा (जाँत) हरुको रौनक, मौलिकता खस्किदो
बैतडी : बैतडी सहित सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा मेला जात्राहरु (जाँत) को रौनक सुरु भएको छ। पुर्खाहरुले पुस्तौदेखी मनाउंदै आएका मेला जात्राहरुमा पूजा-आराधना गर्न, मेलाहेर्न टाढा–टाढाबाट आउने, आफनो कर्मथलो छोडि जन्मथात फर्कनेहरुको संख्या पनि दिनानु दिन बढ्दै गईरहेको देखिन्छ।
हिन्दुँहरुको माहानपर्व दशै तथा तिहार सकिएसगै सुदूरपश्चिमका बिभिन्न धार्मिक शक्तिपिठहरुमा हुने मेलापर्वको रौनक व्यापक रुपमा बढिरहेको छ। वर्षो दिनसम्म आफ्ना आफन्तजन, ईष्टमित्र लगायत घरपरिवारसगं छट्टिएर अगल भएकाहरु दशै तिहार आफन्तहरुसगै मनाउन नपाएकाहरु बिशेष गरेर यि यस्ता मेलापर्बहरुमा रमाउने गर्छन।
बर्षमा हुने यि यस्ता मेला पर्वहरुमा आफ्नो–आफ्नो गाउँ ठाउको रिति अनुसार पुजाआजा गरि मनाईने गरिन्छ। कतिपय ठाउहरुमा बिभिन्न पशुहरुको बलि दिने लगायतका अरु धार्मिक मान्यताहरुको आधारमा पनि पुजाआज गर्ने चलन रहेको छ।
कुनै बेला यि यस्ता मेलापर्वहरुलाई सभ्य र भब्य रुपले सँम्पन्न गर्न देवताका करबारियाहरु नै सक्रिय हुने गर्दथे। तर पछिल्लो समयमा बिभिन्न मेला व्यवस्थापन समितिहरु गठन गरि मेलालाई सभ्य रुपमा मनाउनु तिर सक्रिय भएका छन।
पहिला पहिला यस्ता मेलाहरुमा स्थानीय ठाउँमा बिभिन्न उपभोग्यका समानहरुलाई उत्पादन गरेर तिनिहरुलाई बिक्रि बितरण गर्ने गरिन्थ्यो। अनि त्यसबाट आफ्नो दैनिक गुजारा गर्ने, आर्थिक आयआर्जन गर्ने लगायत परम्परादेखि धार्मिक, सामाजीक र संस्कृतिक रुपले मेला पर्वहरुलाई मनाउने चलन थियो। स्थानिय खानका परिकार, भेषभुषा झल्कीने लुगाा कपडा लाउने चलन थियो। तर पहिलेको तुलनामा हालका मेलापर्वलाई मनाउने तरिका भने बद्लिदै गएको छ। अहिलेका मेलामा अब न भेषभुसा, न स्थानिय खानाका परिकार, पुरानो चलन केहि देखिदैन्। यसलाई दुखद मान्न सकिन्छ।
समय परिवर्तन भईरहदा मानिसहरुका हरेक चाहाना र जिवन जिउने शैलि पनि बद्लिदैँ गयो। समय परिवर्तन भएसंगै परम्परागत रुपमा मनाईने यि मेला चाडपर्वहरु आध्यात्मिक एवं धार्मिक तवरले भन्दापनि तडक–भडकमा बढि केन्द्रीत हुंदै गईरहेको स्थानीय सस्कृतिका जानकारहरु बताउछंन।
उहिलेका मेलापर्वहरुमा बालबालीका देखि बुढापाका सम्मका सबै मानिसमा एउटै प्रकारको उल्लास हुन्थ्यो। तर आजभोली त्यो हराउदै गएको देखिन्छ। सुदूरपश्चिममा मेलापर्व हुदा प्राय: सबै ठाउमा देउडा खेलिन्थ्यो। देउडा मार्फत देवि देवताका गाधाहरु, धर्म सस्कृकिका कुराहरु, रितिरिवाज, चालचलन अनि रमाईला कुराहरु गरि एक अर्खालाई बिभिन्न प्रकारका प्रशनहरु सोधि सवाल जपाफ गरिन्थ्यो। देउडा खेल्दै गर्दा गिदारुहरुले एक अर्खालाई सोधेको सवालको जवाफ फर्काउदा खेल्ने देउडियाहरु पनि मग्नमुग्ध भई मेलापर्ब मनाईन्थ्यो।
सुदूरपश्चिमका केहि स्थानमा मेलापर्वका अवसरमा केटा र केटीबिच देउडा दोहरी हुन्थ्यो। देउडाकै माध्यमबाट प्रेम प्रस्ताब राख्दै विवहाको प्रस्ताब राखिन्थ्यो। देउडाको माध्यमबाट सवाल जवाफ गरिन्थ्यो। सवाल जवाफ मार्फत केटा पक्षको जित भए अथवा दुबै पक्षको मञ्जुरी भए बिहे हुन्थ्यो। तर अहिले आएर त्यो परम्परा हटिसकेको छ। यो कुरालाई जसरी बुझ्दा पनि हुन्छ।
अर्खो कुरा केहि स्थानमा कुनै मेलापर्वहरु जुवातास खेल्नकै लागी होकि जस्तो परिवेस थियो। थुप्रै जात्रामा खुल्लेआम जुवातास हुने गरेका थियो। तर पछिल्लो समयमा खुल्लेआम रुपले जात्राको अवसरमा जुवातास खेल्ने र खेलाउनेलाई कार्वाही हुनथालेपछि जुवातासका साथै अमानबिय क्रियाकलापमा भने कमि आउने थालेको छ। यो राम्रो पक्ष हो।
बिभिन्न ठाउमा मेलाको अवसरमा देउडा खेल्दै रमाईलो गर्ने परम्परा छ। डेउडा खेल्दै रमाईलो गरि बिभिन्न मेला पर्व मनाउने भएपनि पछिल्लो यो बिचको समयमा देउडा संस्कृति हराउदै गईरहेको अभास हुन्छ। पछिल्लो समयका युवा पुस्ताहरुले देउडा सस्कृतितर्फ ध्यान नदिदा देउडा सस्कृति लोप हुदै गईरहेको बुढापाकाहरुको भनाई रहेको छ।
आजभोलीका मेलामा लाग्ने देउडा खेलमा खेलाडीहरु कम खेलौडा बढि देख्न पाईन्छ। खेलमा सहभागिहरुको न ताल, न तुक मिलेको हुन्छ। सबै लठ्ठ हुन्छन। यसलाई पनि दुखद मान्न सकिन्छ।
बढ्दो आधुनीकतावादी समाजको निमार्ण भएपछि पछिल्लो पटक देउडा हाल्ने देउडीयाहरुको संख्यामा पनि कमि आउन थालेको छ। सस्कृति जोगाउने र मेला पर्वहरुको मौलिकता बचाउन सबैले लाग्यो भने मात्र मेलापर्वहरु मनाएको अर्थ रहनथ्यो।
लेखकले मेलामा देखेका कुराहरु
(बिचार)