सुदूरपश्चिमबाट एनपीएल खेल्न न्युजिल्यान्डका कुगेलेइन र इङ्ग्ल्यान्डका जेब नेपाल आइपुगे

काठमाण्डौ – सुदूरपश्चिम रोयल्सबाट नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेट खेल्न न्युजिल्यान्डका स्कट कुगेलेइन र इङ्ग्ल्यान्डका सेफ अली जेब नेपाल आइपुगेका छन् ।

हिजो नेपाल आइपुगेका दुवै खेलाडीलाई टोलीका व्यवस्थापक रवि तिमल्सिनाले विमानस्थलमा स्वागत गर्नुभएको थियो । नेपाल क्रिकेट सङ्घ  (क्यान) को आयोजनामा आठ वटा टोलीको सहभागितामा पर्सि शनिवार मङ्सिर १५ देखि पुस ६ गतेसम्म पहिलो संस्करणको‍ एनपीएल हुँदैछ ।

सुदूरपश्चिमको मार्की खेलाडीमा दीपेन्द्रसिंह ऐरी र प्रशिक्षकमा अस्ट्रेलियाका ब्राड हज तथा मुख्य प्रशिक्षकमा राष्ट्रिय टोलीका जगत टमाटा रहेका छन् ।

Leave A Reply

Your email address will not be published.