क्रिकेट नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुदैछन्। कीर्तिपुर मैदानमा बिहान ९ बजेपछि हुने पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोज भिड्दा दोस्रोमा दिउँसो १ बजे जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने हुनेछन् ।
काठमाडौं,चितवन र कर्णाली सुखद सुरूवात गर्न चाहन्छन् भने जनकपुर दोस्रो जितको खोजीमा हुनेछ। जनकपुरले यसअघि विराटनगर किङ्सलाई ८ विकेटले पराजित गरेको थियो।
नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा मंसिर १५ देखि सुरू भएको प्रतियोगिता पुस छ गते सम्पन्न हुने छ।