दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा एमालेका शाही निर्वाचित

दैलेखको महाबु गाउँपालिका अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही निर्वाचित हुनुभएको छ । तीन हजार एक सय २७ मत प्राप्त गरी उहाँ निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश कुलप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका झलकबहादुर भण्डारीले दुई हजार छ सय ७५ मत पाउनुभएको थियो । नवनिर्वाचित अध्यक्ष शाही २०७४ सालको चुनावमा एमालेको तर्फबाट अध्यक्ष पद जित्नुभएको थियो ।

२०७८ सालमा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादीमा लाग्नुभएको थियो । पालिका तह उपनिर्वाचनको उम्मेदवारी दिने समयमै कात्तिक अन्तिम साता नेकपा एमालेमा प्रवेश गरी यो पदमा उम्मेदवार बन्नुभएको थियो । उहाँ २०५४ सालको स्थानीय निर्वाचनमा काँशीकाँध गाविसको उपाध्यक्ष निर्वाचित हुनुभएको थियो ।

Leave A Reply

Your email address will not be published.