आज भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस

आज ‘भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस’ नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदैछ। नेपालमा भ्रष्टाचार निवारण तथा सुशासन कायम गर्न भएका प्रयास र त्यसको उपलब्धिबारे गम्भीर समीक्षा गर्नुपर्ने सरोकारवालाहरुले बताएका छन्।

भ्रष्टाचार निवारणमा सरकार असफल देखिएको, कमजोर न्याय प्रणाली, नीतिगत अस्पष्टता एवं तिनको कार्यान्वयनमा देखिएका उल्झनले सुशासन कायम हुन नसकेको ट्रान्सपरेन्सी इन्टरनेसनललगायत संस्थाहरुले बताएका छन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदनजस्ता सरकारी निकायकै आधिकारिक दस्तावेज र तथ्याङ्कले मुलुकमा भ्रष्टाचार बढिरहेको पुष्टि भएको छ।

भ्रष्टाचार नियन्त्रणका लागि गरिएका प्रयासहरू परिणाममुखी हुन नसक्दा देशमा सुशासनको अवस्था थप चुनौतीपूर्ण र जटिल बन्दै गएको छ।

Leave A Reply

Your email address will not be published.