काभा भलिबल: इरानको लगातार तेस्रो जीत

काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा इरानको १८ वर्षमुनिको टोलीले लगातार तेस्रो जीत हात पारेको छ। त्रिपुरेश्वरको राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा आज भएको खेलमा इरानको १८ वर्षमुनिको टोलीले भारतको क्यालिकट हिरोजलाई तीन–शून्यको सोझो सेटमा हरायो। इरानको युवा टोलीले पहिलो सेट २७–२५, दोस्रो सेट २५–२२ र तेस्रो सेट २५–२० ले जित्यो।

इरानको युवा टोलीले पहिलो खेलमा माल्दिभ्सको क्लब एचडीसीलाई र दोस्रो खेलमा गण्डकी प्रदेश भलिबल सङ्घलाई हराएको थियो। काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा आजको दोस्रो खेलमा नेपालको हेल्प नेपाल स्पोर्ट्स क्लब र माल्दिभ्सको क्लब एचडीसी खेलिरहेका छन्।

प्रतियोगितामा नेपालसहित चार देशका पाँच वटा क्लब सहभागी छन्। लिगमा उत्कृष्ट हुने शीर्ष चार टोली सेमिफाइनलमा पुग्नेछन्।

Leave A Reply

Your email address will not be published.