काभा भलिबल च्याम्पियनशिप: सेमिफाइनलमा हेल्प नेपाल

लगातार जीत निकाल्दै हेल्प नेपाल स्पोर्ट्स क्लब काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपको सेमिफाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा हेल्प नेपालले हिजो माल्दिभ्सका एचडीसीलाई ३–१ को सेटमा हराएको हो ।

प्रतियोगितामा हेल्प नेपालको यो तेस्रो जीत हो । जीतसँगै हेल्प नेपालले तीन खेलमा आठ अङ्क जोडेको छ । यसअघि हिजोको पहिलो खेलमा भारतको क्यालिकट हिरोजलाई हराउँदै इरानको जुनियर टोली सेमिफाइनलमा पुगेको थियो ।

प्रतियोगितामा आज पनि दुई खेल हुँदैछन् । पहिलो खेल इरानको जुनियर टोली र हेल्प नेपालबीच हुनेछ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा पहिलो खेल दिउँसो साढे २ बजे हुनेछ । यस्तै आजै बेलुका पाँच बजे हुने दोस्रो खेलमा नेपालको गण्डकीले भारतको क्यालिकट हिरोजसँग खेल्नेछ ।

प्रतियोगितामा नेपालबाहेक भारत, इरान र माल्दिभ्सको क्लबको सहभागिता छ । फाइनल खेल पर्सि मङ्सिर २९ गते शनिवार हुनेछ ।

Leave A Reply

Your email address will not be published.