डडेल्धुराको भागेश्वर बोगटामा आँखा उपचार केन्द्र सञ्चालन

बैतडी: डडेल्धुराको भागेश्वर गाउँपालिका–०३ बोगटामा पहिलोपटक आँखा उपचार केन्द्र सञ्चालनमा आएको छ। भागेश्वर गाउँपालिका तथा च्यारीटी हेल्थ फाउन्डेसन नेपालको सहयोगमा आँखा उपचार केन्द्र सञ्चालनमा आएको कार्यपालिका सदस्य रमेश दयालले बताउनुभयो।

नेपाल रेड्क्रस सोसाईटी उपशाखा भागेश्वरको भवनमा आँखा उपचार केन्द्र सञ्चालन गरिएको छ। वडा नं. ३ का वडाध्यक्ष डम्बरराज जोशीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष हेमराज चटौतको प्रमुख आतिथ्यमा आँखा उपचार केन्द्र उद्घाटन गरिएको कार्यपालिका सदस्य दयालले बताउनुभयो।

गाउँमै आँखा उपचार केन्द्र स्थापना भएपछि स्थानीय नागरिकले सहजरुपमा आँखा सम्बन्धी विभिन्न रोगको उपचारका लागि सहज हुने अपेक्षा गरेका छन। आखाँका बिरामी बढिरहेकोले गाउँमै उपचार गर्न सहज होस भनेर केन्द्र स्थापना गरिएको बडाध्यक्ष जोशीले बताउनुभयो।

केन्द्र सञ्चालन भएसंगै आँखाको सामान्य समस्याको लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्य भएको कार्यपालिका सदस्य दयालले बताउनुभयो। ग्रामिणस्तरमै स्थानीय नागरिकको आँखाको सहज उपचारका लागि केन्द्र स्थापना गरिएको उहाँले बताउनुभयो।

यसैगरी उद्धघाटन कार्यक्रममा च्यारीटी हेल्थ फाउन्डेसन नेपालका म्यानेजर दिनेश न्यौपाने र प्रमुख प्रशासकिय अधिकृत हर्ष बहादुर रोक बिशिष्ट अतिथि रहनु भएको थियो। आँखा उपचार केन्द्रमा दुई जना स्वास्थ्यक्रर्मीले सेवा दिने जनाईएको छ।

Leave A Reply

Your email address will not be published.